माओवादी कर्णाली अधिवेशन, नेतृत्वको लागि १६ जना आकांक्षी (नामसहित)

सुर्खेत- नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सिटी हलमा सुरु भएको छ । कर्णालीका १० जिल्लाका करिब आठ जना प्रतिनीधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन सुरु भएको हो ।
कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जनाले नेतृत्वका लागि आंकाक्षा देखाएका छन् ।
कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिवमा रामदिप आचार्य, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, र वसन्त शर्मा, नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका छन् । १६ केन्द्रीय सदस्यमध्ये अर्थमन्त्री रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत प्रदेश अध्यक्षमा आंकाक्षी छैनन् ।
केन्द्रमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र हालका अर्थमन्त्री जर्नादन शर्मा केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका रुपमा रहँदै आएका छन् । तर, कर्णाली प्रदेशमा आउँदा यी दुबै नेताले आआफ्ना गुट सञ्चालन गरेका छन् ।
कर्णालीमा अहिले १४ जनामध्ये कालीबहादुर मल्ल, मायाप्रसाद आचार्य, रामदीप आचार्य, नरेश भण्डारी र महेन्द्रबहादुर शाही, हालका अध्यक्ष राजकुमार शर्माले अध्यक्षका दाबी गरेका छन् । कालीबहादुर, नरेश, रामदीप, मायाप्रसाद बस्नेत समूहका हुन भने महेन्द्र र राजकुमार जर्नादनका समूहमा रहेका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया