कर्णालीको राजधानीमै डेंगी प्रकोप

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा डेंगी ज्वरोका बिरामी बढेका छन् । पछिल्लो तीन महिनामा लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण व्यापाक रुपमा फैलिन थालेको हो ।
जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पछिल्लो तीन महिनामा एक सय दुईजना डेंगीबाट संक्रमित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सबैभन्दा धेरै डेंगीबाट संक्रमित भएका छन् । कोरोना माहामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।
सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीणभन्दा पनि शहरी क्षेत्रमा धेरै फैलिने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले बताए । ‘यो सफा पानीमा फुल पार्ने लामखुट्टेको टोकाईबाट डेंगी हुने भएकाले शहरी क्षेत्रमा धेरै संक्रमण देखिएको छ’ उनले भने ।
आर्थिक वर्ष ०७६/७७ मा सुर्खेतमा एक सय ३४ जनालाई डेंगी भएको थियो । अहिले पनि डेंगी संक्रमणको दर जिल्लामा गत आर्थिक वर्षको बराबर रहेको प्रमुख वाग्लेले बताए । उनका अनुसार यो आर्थिक वर्षको अहिलेसम्म डेंगीबाट मृत्यु भने भएको छैन ।
चिसोको समय सुरु हुँदासम्म संक्रमण देखिने भन्दै उहाँले सचेत रहन तथा आफ्नो क्षेत्र वरिपरि सरसफाई गर्नुपर्ने वाग्लेको भनाई छ । ‘यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ’ प्रमुख वाग्लेले भने, ‘खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने भएकाले यस्ता भाँडाहरुमा पानी जमे नजमेको हेर्नुपर्छ ।’
डेंगी ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट मुख्य उपाय रहेको वाग्लेले बताए । डेंगी ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने उनको भनाई छ ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_7Q2sZWGHS6_lss2v89okop1g219zvquwjnugyzfpcsvpp4rodmjoixhqutxtxi7r8zgftov.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया