माओवादीको गण्डकी अधिवेशन आज, ८४६ प्रतिनिधि सहभागी
पोखरा- नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी सात सदस्यीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछन् ।
प्रदेशको प्रथम अधिवेशन विचार निर्माण र संठनात्मक काममा केन्द्रित हुने इन्चार्ज हितराज पाण्डेले बताए । माओवादीको गण्डकी प्रदेश समितिमा कम्तिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी संठनात्मक कामलाई अघि बढाइने छ । अधिवेशनमा यसबारे व्यापक छलफल हुन्छ,’ उनले भने, ‘अधिवेशनमा विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफल केन्द्रित रहन्छ ।’
पोखरामा हुने प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ८४६ प्रतिनिधि सहभागी हुनेछन् । पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ । एक गैरभौगोलिकसहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशनहरु सकिएको माओवादीले जनाएको छ ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया