बेलायतमा एकै दिनमा ५८ हजारबढी कोरोना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि
लन्डन- बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।
बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।
यसैगरी कोरोनाका कारण गत २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया