एनआरएनएमा ‘सेल्फी भोटिङ प्रणाली’ लागू हुने

लण्डन- डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परिक्षण गरिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फी भोटिङ प्रणाली सफलतापूर्वक परीक्षण गरिएको हो ।
सो प्रणाली अन्तर्गत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फी मार्फत मतपत्र खोलेर मात्र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।
गैरआवासीय नेपाली संघका ३३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरुले स्मार्ट एनआरएनए डाउलोड गरेर सेल्फी दिएका छन् । संघको निर्वाचन समितिले डिसेम्बर २६- २७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया