घटेको कमिशनले लोभिएनन् लगानीकर्ता, कारोबार निरन्तर ओरालो लाग्दै
सोमबारको सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं : आइतबारदेखि लगानीकर्ताले सेयर किनबेच गरेबापत तिर्नुपर्ने (ब्रोकर कमिशन) सेवा शुल्क ३३ प्रतिशतले घटेपनि सेयर बजारमा लगानीकर्ताको आकर्षण घटेको छ । साताको सुरुवातदेखि कारोबार रकम घटिरहेको छ ।
सोमबार सेयर कारोबार ३ अर्ब ८५ करोड रुपैयाँमा मात्रै सीमीत रह्यो । आइतबार यो कारोबार ४ अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो । कारोबार रकम घटेपनि नेप्से परिसूचक ८ दशमलव ५७ अंकले बढेर २००७.२९ पुगेको छ । यद्यपि आइतबारको ४० अंकले आएको गिरावटको तुलनामा सामान्य मानिएको छ ।
ब्रोकर कमिशन ३३ प्रतिशतले घटाएपछि बढी नाफा कमाउन पाउने लोभमा लगानीकर्ताहरू सेयर बजारमा आकर्षित हुने आम अपेक्षा थियो । तर, बजारमा लगानीकर्ताको उत्साह देखिएको छैन ।
सेयर बजार विश्लेषकहरूले यसलाई राजनीतिक घटनाक्रमसँग जोडेर समेत हेर्नेगरेका छन् । गत साता आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सेयर बजारमा भीषण पहिरो गएको थियो । तर, सेयर कारोबार रकम भने अहिलेसम्म कै उच्च ९ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो । राजनीतिक अस्थिरताको त्रासले लगानीकर्ताहरू सेयर बजारबाट बाहिरिएको अनुमान धेरैले गरेका थिए ।
तर सर्वोच्च अदालतमा प्रतिनिधि सभाको रिट परेपछि दोस्रो दिन सोमबार कारोबारमा सुधार आयो । कारोबारको रकमसँगै नेप्से परिसूचक पनि बढ्न थाल्यो । बुधबारसम्म कीर्तिमानी अंकको आसपास पुगेको नेप्से परिसूचकमा विहीबार सामान्य करेक्सन देखियो । यद्यपि ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णयले बजारलाई बढाउन टेवा पुग्ने आम अपेक्षा थियो ।
नेकपाको कलहले प्रभावित मुलुकको राजनीतिक घटनाक्रममा आइतबार ट्विस्ट आउने संकेत देखिएको छ । चिनियाँ नेता समूह आइतबार नेपाल आएर नेकपा विवादको विषयमा सम्बन्धित नेताहरूसँग छलफल गरिरहेका छन् । जसले लगानीकर्ताहरू 'पर्ख र हेर'को अवस्थामा रहेको अनुमान गरिएको छ । पुस मसान्तसम्म विभिन्न संघसंस्था तथा कम्पनीहरूको वार्षिक साधारणसभा नजिएको छ । यस्तो अवस्थामा लगानीकर्ताहरू होमिएर लगानी गर्ने भन्दा संयमित भएर बसेको हुनसक्ने विश्लेषकहरू बताउँछन् ।
तीनवटा समूहका परिसूचक घट्यो
सोमबारको कारोबारमा ट्रेडिङ, विकास बैंक र अन्य क्षेत्र गरी तीन वटा समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूहमा गिरावट आएको छ । यो २.४६ प्रतिशतले घटेको छ । वृद्धि हुनेमा म्यानुफ्याक्चरिङ क्षेत्र सबैभन्दा बढी छ । यो समूहको परिसूचक २.०४ प्रतिशतले बढेको छ ।
सैबैभन्दा बढी नारायणी विकास बैंकको सेयर बढेको छ । त्यसपछि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर बढेको छ ।
एनआइसी एशिया बैंकको सेयर ४४ अंकले बढेको छ । शिवम सिमेन्टको सेयर ६१ अंबले बढेको छ । प्रभु बैंकको सेयर पनि १५ अंकले बढेको छ ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया