भरुवा बन्दुकसहित तीन जना पक्राउ
कैलाली - कैलालीको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट मंसीर २४ गते सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ बर्षिय दयाराम चौधरी, ३५ बर्षिय अजय चौधरी र २९ बर्षिय तुलाराम चौधरी छन् ।
दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया