एमसीसी नेपालको हितमा नभएको जिकिर

सुर्खेत - विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी नेपालको हितमा नभएको जिकीर गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सात राजनीतिक पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेताहरूले एमसिसीमा उल्लेख गरिएका प्रावधान नेपालको पक्षमा नभएको दाबी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताए । उनले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको जिकीर गरेका हुन् ।
राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी र नेकपा क्रान्तिकारी माओवादी कर्णाली प्रदेश समिति इन्चार्ज शिपी शर्मा, नेकपा मसाल कर्णाली प्रदेश प्रतिनिधि मोहन थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समिति संयोजक श्याम कुँवर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश समिति अध्यक्ष दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी मालेका कर्णाली प्रदेश समिति सचिव बलबहादुर कुँवरलगायतले एमसीसी देशको हितमा नभएको बताएका छन् । रासस
यसअघि त्रुटिवस अर्को फोटो गर्न गएकोमा सच्याइएकाे छ*

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया