स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छ : मन्त्री खतिवडा
काठमाडौँ - स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताएका छन् । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने उनले बताए ।
पाल्पाको तानसेनमा आयोजित नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए । सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उनले बताए ।
सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताए । उनले स्वास्थ्य बीमामा देखिएको समस्या समधान गर्न सरकार तयार रहेको बताए । सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने बताए ।
मन्त्री खतिवडाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने बताए । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयले एकीकृत समाजवादी पार्टी पाल्पामा बलियो पार्टीको रुपमा सङ्गठित भइरहेको बताए । रासस

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया