आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

मोहन आचार्य केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं– रसुवाबाट प्रतिनिधिसभा निर्वाचित कांग्रेस सांसद मोहनप्रसाद आचार्य महाधिवेशन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

विद्यार्थीकालमै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजीनामा होमिएका आचार्य पार्टीभित्र युवा प्रतिनिधित्व बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । 

आचार्य पेशाले इन्जिनियर हुन् । उनले २०७४ को संसदीय निर्वाचनमा एमाले–माओवादी गठबन्धनलाई परास्त गर्दै रसुवाबाट कांग्रेस सांसद बनेका थिए । उनी निर्माण व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउँदैछन् ।