रमेश खरेलको नेपाल सुशासन पार्टी घोषणा

काठमाडौँ - नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डिआईजी रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआईजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन् ।
पूर्व डिआईजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसावले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’
पूर्व डिआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यक्तलाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया