गीत चोरी मुद्दामा टेलरले अदालतको सामना गर्नुपर्ने

लसएन्जल्स -गीत चोरीको मुद्दा खेपिरहेकी टेलर स्विफ्ट अदालतमा उपस्थित हुनुपर्ने भएको छ । टेलर स्विफ्टको ‘सेक इट अफ’ गीतलाई चोरीको आरोप लागेको थियो । टेलरले मुद्दा खारेज गर्न दिएको निवेदन अदालतले अस्वीकार गरेपछि टेलरले अदालतको अनुहार नहेरी नहुने भएको हो ।
सार्वजनिक भए लगत्तै यो गीतलाई महिला गायन समूह थ्रीएलडब्लुले गाएको ‘प्लेयर्स गोना प्ले’सँग मिलेको आरोप लागेको थियो । न्यायाधिसले गीतको शब्द दुरुस्त नमिले पनि थुप्रै समानता देख्न सकिने बताएका छन् । यही आधारमा टेलरको मुद्दा खारेज गर्ने अनुरोधलाई अदालतले अस्वीकार गरेको थियो । टेलरको सुनुवाईको समय भने अदालतले तोकेको छैन ।
‘सेक इट अफ’ टेलरको हिट गीतमध्ये एक हो । सार्वजनिक भएको केही समयमै गीत अमेरिकामा सर्वाधिक बिक्री हुने गीतको रुपमा अगाडि आएको थियो भने बेलायतमा पनि दोस्रो नम्बरमा रहेको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया