मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

विराटनगर विमानस्थल स्तरोन्नति मेरो प्राथमिकता होः मन्त्री आले

विराटनगर- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा निर्माण गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् ।

 शुक्रबार विराटनगर विमानस्थल आइपुगेका मन्त्री आलेले विमानस्थल विस्तारको योजनालाई अघि बढाउन आगामी सोमबार बस्ने नेपाल नागरिक उड्ययन प्राधिकरणको बैठक बजेटसमेत विनियोजन गर्ने जानकारी दिए । तर कति बजेट भन्ने कुरा उनले खोल्न चाहेनन् ।

‘सोमबारतिर क्यानको बैठक बस्दैछ, अहिले हाम्रोमा ३५ वटा एयरपोर्टहरु संचालनमा छन्, त्यसमा कति बजेट हुन्छ भन्ने बैठक बसेपछि थाहा हुन्छ’ मन्त्री आलेले भने, ‘म आउनासाथ कम्तिमा यहाँ क्षेत्रीय विमानस्थल बनाउनु पर्छ भन्ने मेरो प्राथमिकता हो ।’

उनले क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिको कामलाई कुन मोडलमा लैजाने भन्ने पनि छलफलकै क्रममा रहेको बताए । विराटनगरसाथै धनगढी र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सँगै अघि बढाउने जानकारी दिए ।

मन्त्री आलेले विराटनगर विमानस्थल स्तरोन्नतिका क्रममा मुआब्जा प्रक्रिया अघि बढिसकेकोले जग्गा रोक्का भएका प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा पाउने विश्वास दिलाए । 

उनले विमानस्थलको यात्रु कक्ष र शौचालयलाई अझ सुधार गर्न विमानस्थल प्रशासनलाई निर्देशन दिए । साथै यात्रुले सामान लिने कक्षमा ‘कन्भेयर वेल्ट’ जडान गर्न समेत निर्देशन दिएका छन् । बेल्ट जडान गर्न आवश्यक बजेट पठाउने उनले बताए ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक