बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौँ– सवारीसाधन बिक्रेताहरुको संस्था नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । नाडाको नयाँ कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको थियो । राती अबेर घोषणा गरिएको मत परिणाम अनुसार थापाले १,४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १,३४७ मत प्राप्त गरेका थिए । 

यद्यपि पदाधिकारी र सदस्यमा अधिकांश चौधरीको प्यानलबाट विजयी भएका छन् ।  चौधरीको प्यानलबाट मिलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई निर्वाचित भएका छन् ।  चौधरीको प्यानलकै निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल मत प्राप्त गरी विजयी भए । 

अध्यक्ष निर्वाचित थापाको प्यानलबाट निराकर श्रेष्ठ, आकाश गोल्छा, यमुना श्रेष्ठ, प्रदीपमान प्रधान र कपिल शिवाकोटी निर्वाचित भएका छन् ।