नेपाल भाषाको गीतमा उषा र स्मारिकासँग नाचे डेलविस र राज

काठमाडौँ : ट्रि इन्टरटेन्मेन्टले चलचित्र निर्माणसँगै गीतसंगीत निर्माणमा पनि आफूलाई अगाडि सारिरहेको छ । यसअघि ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको यो ब्यानरले नेपाल भाषाको गीत आज सार्वजनिक गरेको छ । काठमाडौंको क्युज हलमा कार्यक्रमको आयोेजना गर्दै ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो ।
यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।
भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, कलाकारद्धय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नवुझेर काम गर्न गाह्रो भए पनि सबैको सहयोेगमा उत्कृष्ट काम भएको सुनाइन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया