लमजुङ जीप दुर्घटना- तीन जनाको मृत्यु, नौ घाइते (अपडेट)

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका(२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।
विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी(२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो।
मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिशा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार नौ जना घाइते भएका छन्।
दुर्घटनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुई घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया