नेपाली सेनाद्वारा बर्दिया राष्ट्रिय निकुञ्जबाट चार शिकारी पक्राउ

काठमाडौँ- नेपाली सेनाले बर्दिया राष्ट्रिय निकुञ्जबाट हत्तियारसहित चार जना शिकारीलाई पक्राउ गरेको छ । मंगलबार निकुञ्जका नेपाली सेना र कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले भेरी गंगा नगरपालिका ५ का ३७ वर्षे लक्ष्मण गिरी, ६२ वर्षे भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्तीलाई नियन्त्रणमा लिएका हुन् ।
भरुवा बन्दुक नाल ३ थान,बन्दुकको गोली ४१ थान, छर्रा १०० ग्राम मसिनो, बन्दुकको केप थान खाली १५, बारुद ३ सय ग्राम, रेती १ थान, हँसिया ४ थान, सलाई ५ थान र साईकल छर्रा ३७ थान् सहित पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाईएको नेपाली सेनाले जनाएको छ ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया