नेपाली सेनाले 'लघु चलचित्र' प्रतियोगिता गर्ने

काठमाडौँ- 'नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७८' सञ्चालन हुने भएको छ । एक दशक अघिदेखि लघु चलचित्र प्रतियोगिता सुरु भएको थियो । १० औं संस्करण प्रतियोगिताका लागि पुस १ गतेबाट सेनाले फर्म वितरण गर्ने नेपाली सेनाको मुख्यालयले जनाएको छ । पुस १५ गतेसम्म फर्म बुझ्ने र माघ २ गतेसम्म स्क्रिप्ट बुझाउनु पर्ने छ ।
प्रतियोगितामा प्रथम हुने चलचित्रले २ लाख रुपैयाँ, दोस्रोले १ लाख ५० हजार, तेस्रोले १ लाख र सान्तवना ५० हजार रुपैयाँ दुई जनाले पाउने भएका छन् । 'लघु चलचित्र प्रतियोगितामा भाग लिन ईच्छुक व्यक्ति तथा संघसंस्थाले नेपाली सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषयवस्तुहरू समावेश गरिएको हुनुपर्छ,' नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया