आफू खेलेको कुन फिल्म छोरालाई खेलाउन चाहन्छन् सुनिल सेठ्ठी ?

मुम्बई - तेलगु फिल्म ‘आरएक्स १००’को रिमेक ‘तडप’बाट बलिउडमा डेब्यु गरेका आहान सेठ्ठीले पहिलो फिल्मबाटै राम्रो तारिफ पाइरहेका छन् । भारतका राज्यमा पूर्ण क्षमतामा हल सञ्चालन नहुँदा पनि फिल्मले राम्रै संख्यामा दर्शक पनि पाइरहेको छ ।
यसले कसैलाई अत्यधिक खुसी बनाएको छ भने त्यो आहानका बुबा सुनिल सेठ्ठी नै हुन् । केही दिनयता आहानभन्दा बढी सुनिल सेठ्ठी फिल्मको प्रवद्र्धनमा व्यस्त छन् । फिल्म र आहानको तारिफमा आउने हरेक ट्वीट रिट्वीट गर्छन् । त्योबाहेक अन्तर्वार्तामा पनि उत्तिकै व्यस्त छन् ।
यही सन्दर्भमा एउटा न्युज एजेन्सीले सुनिललाई सोधेको थियो, ‘आफूले खेलेका कुन फिल्मको रिमेकमा तपाईँ छोरालाई देख्न चाहानुहुन्छ ?’ सुनिलले बलिउडमा रिमेक चलन बढ्दै गएको सन्दर्भमा आहानलाई सुहाउने आफ्नो फिल्म ‘गोपीकृष्ण’ रहेको बताएका थिए ।
आफूले खेलेकोमध्ये यो फिल्मको रिमेक आहानलाई सुहाउने उनको जवाफ थियो । सुनिलले आहानलाई अरु विधाको फिल्म खेल्नुअघि अझै यही विधाका ४÷५ फिल्ममा जम्नुपर्ने सुझाव पनि दिएका थिए । ‘तडप’ एक्सन र रोमान्स विधामा बनेको हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया