बुधबार १४ जेठ, २०८२
Wednesday, May 28, 2025

नेपाली सेनाद्वारा भारतीय रक्षाध्यक्ष रावतको निधनमा दु:ख व्यक्त

अन्तिम संस्कारमा नेपाली सेना सहभागी हुने

फाइल तस्बिर

काठमाडौँ- भारतीय रक्षाध्यक्ष विपिन रावतको निधनप्रति नेपाली सेनाले एक सच्चा मित्र गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । बुधबार भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा रावतसहित ११ जना सैनिक र रावती पत्‍नी मधुलिमका रावतको निधन भएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र व्यक्तिगत तर्फबाट भारतीय सेना तथा परिवारप्रति हिजो साँझ पत्र तथा फोन मार्फत समवेदना प्रकट गरेका छन् ।रावलको अन्तिम संस्कारमा नेपाली सेनाको तर्फबाट प्रतिनिधित्त्व गर्दै सेनाका बलाधिकृत रथी बाल कृष्ण कार्की जाने भएका छन् ।

तीन वर्ष स्थल सेनाको सेनाध्यक्ष जनरल विपिन रावतलाई राष्‍ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सन् २०१७ मार्च २९ मा सम्मान गरेकी थिइन् । रावत सन् २०१८ फ्रेबुअरी १३ मा सहभागी भएका थिए ।