सन् २०२१ मा सर्वाधिक ट्वीट भएका ५ दक्षिण भारतीय फिल्म

मुम्बई - युट्यबु र फेसबुकपछि ट्वीटर फिल्म प्रमोसनको महत्वपूर्ण माध्यम बन्ने गरेको छ । फेसबुकमा जुन महत्वका साथ फिल्मका ट्रेलर वा पोस्टर राखिन्छन्, ट्वीटर पनि यो मामलामा कम छैन । सन् २०२१ मा विजय र महेशबाबुको दबदबा रह्यो तर यसमा महेशबाबुकै फिल्म भने प्रदर्शन भएन । तर महामारीकै बीचमा रिलिज भएको विजयको ‘मास्टर’ले भने बक्स अफिसमा तहल्का मच्चाएको थियो ।
सन् २०२१मा रिलिज भएका फिल्म जसको चर्चा ट्वीटरमा अत्यधिक भएको थियो । सूचीमा परेका ५ फिल्म सन् २०२१ को जनवरीदेखि नोभेम्बर १५ सम्म गरिएका ट्वीटका आधारमा छानिएको थियो ।
१. मास्टर
महामारीअघि रिलिज हुन ठिक्क परेको फिल्म महामारीका कारण रोकिएको थियो । पहिलो चरणको महामारीको समयमा ५० प्रतिशत अकुपेन्सीका बीच रिलिज भएको फिल्म हेर्न हलमा मानव सागर नै उर्लिएको थियो । यति मात्र होइन फिल्मको ट्वीटरमा पनि उत्तिकै हल्लाखल्ला भएको थियो । विजय र विजय सेतुपतिको मुख्य भूमिका रहेको फिल्म हलमा रिलिज भए लगत्तै ओटीटीमा पनि रिलिज भएको थियो र जहाँ पनि यसले दर्शकको उत्साहजनक साथ पाएको थियो ।
२.भालिमाई
अजितको मुख्य भूमिका रहेको यो फिल्म सार्वजनिक प्रदर्शनमा आएको छैन । तर, यो फिल्मले यो वर्ष ट्वीट हुने फिल्मको दोस्रो स्थान ओगटेको छ । बोनी कपुर निर्माता रहेको फिल्मको हिन्दी रिमेक पनि बन्ने चर्चा छ ।
३.बिस्ट
यो फिल्म पनि सार्वजनिक प्रदर्शन भइसकेको छैन तर फस्टलुक सार्वजनिक भएसँगै विजयका फ्यान यो फिल्मको चर्चामा जुटेका छन् । उनीहरूको ट्वीटरमा देखिएको चासोले यो फिल्मलाई सर्वाधिक ट्वीट हुने फिल्मको सूचीमा तेस्रो स्थानमा समेटेको छ ।
४. जय भिम
केही समय पहिले अमेजन प्राइममा रिलिज भएको यो फिल्मले भने रिलिजपछि अत्यधिक चर्चा पाएको हो । सूर्या अभीनित यो फिल्म जस्टिस चन्दु्र नामक न्यायाधिशको जीवनीमा आधारित थियो । जातीय छुवाछुतको मुद्दालाई मिहिन गरी प्रस्तुत गर्ने फिल्म ट्वीटरमा खुब छाएको थियो ।
५.वकिलसाब
अमिताभ बच्चन, तापसी पन्नू अभीनित ‘पिंक’ फिल्मको रिमेक यो फिल्मले चर्चामा हिन्दी फिल्मलाई पनि अछिनेको छ । फिल्ममा पवन कल्यानले अमिताभ बच्चनले निर्वाह गरेको वकिलको भूमिका निर्वाह गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया