१२ सय ५० रूपैयाँमै भायानेटको १७५ एमबीपीएस इन्टरनेट

काठमाडौँ - केही समयअघि ९ सय ९९ मा १ सय २० गतिको इन्टरनेट ल्याएर तहल्का पिटेको सिजीलाई टक्कर दिन भायनेटले १ सय ७५ एमबीपीएस गतिको इन्टरनेट ल्याएको छ । भायानेटले ‘अल्ट्रा-फाइ प्लान’ नामक योजना सार्वजनिक गरेको हो ।
भायानेटका ग्राहकले अब मासिक १२ सय ५० रुपैयाँमै १ सय ७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजना ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गरेको हो ।
योजना अन्तर्गत ग्राहकले १७५ एमबीपीए गतिको इन्टरनेटका साथै २ वटासम्म भायाटिभी उपलब्ध हुनेछ । प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम् इन्टरनेटको मज्जा दिने योजनाका साथ कम्पनीले यस्ता प्याकेज उपलब्ध गराएको हो । अल्ट्रा–फाई अन्तर्गत, कम्पनीले १ सय २५, १ सय ७५ र २ सय ५० एमबीपीएसको तीन वटा प्लान सार्वजनिक गरेको छ ।
त्यसमध्ये १२ सय ५० रुपैयाँमा उपलब्ध हुने १ सय ७५ एमबीपीएसको प्याकेजलाई प्रमुख प्याकेजको रुपमा हेरिएको छ । यसमा ग्राहकले २ वटासम्म भायाटिभी सदस्यता प्राप्त गर्ने जनाइएको छ ।
यसका साथै यो प्याकेजमा भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट-टप-बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड पइन्ट प्रदान गर्ने जनाएको छ ।
त्यतिमात्रै नभएर ग्राहकलाई इन्टरनेटमा थप नयाँ पन प्रदान गर्नका लागि आफ्नो संरचनालाई अपग्रेड गर्दै नोकिया र सी-डाटासँगको साझेदारीमा डुअल ब्राण्ड ओएनयु (अप्टिकल नेटवर्क युनिट) प्रदान गरिरहेको छ । कम्पनीका अनुसार हाल उपलब्ध ओएनयुले मेश समेत सपोर्ट गर्नेछ । भने, चाँडै ग्राहकमाझ मेश वाई-फाई समेत उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया