भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रबार अन्त्येष्टि गरिने

नयाँ दिल्ली- बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली ल्याइदैछ ।
रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए।
रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । एजेन्सी

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया