अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् ।
सलीभेनका अनुसार सम्मेलनमा बाइडनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहोर्याएका थिए । युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ ।
रूसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ ।
उक्त भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तर रूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ । (सिन्ह्वा)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया