रुकुम पूर्वमा ५० श्ययाको अस्पताल निर्माण हुने
रुकुमपूर्व - रुकुमपूर्व अस्पताल निर्माण गरिएको लामो समयपछि त्यसै ठाउँमा ५० श्ययाको अस्पताल निर्माण गरिने भएको छ । सिस्ने गाउँपालिका-५ स्थित पुरानै अस्पताल रहेको ठाउँमा पचास श्ययाको नयाँ संरचना निर्माण गर्न लागिएको हो ।
सो गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर गनेश चौधरीले बुधबार संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका छन् ।
लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा भ्याटबाहेक १६ करोड रूपैयाँ लगानीमा सो अस्पतालको भवन निर्माण हुने लागेको बताइएको छ । खड्का-पिएस-जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ । गत जेठ ३ गतेदेखि काम सुरु भएकोमा ०८० साल साउन २० गते भवन निर्माण गरिसक्ने भनेर सम्झौता भएको निर्माण सेवा कम्पनीका प्रतिनिधि प्रकाश शाहले जानकारी दिए ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया