वायुसेवा निगमद्वारा सोभेनियर सेल्स काउन्टर स्थापना

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ । यात्रुलाई नेपाली मौलिक उत्पादन बिक्री गर्नका लागि काउन्टर स्थापना गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले बताए ।
बुधबार एक कार्यक्रमकाबीच अधिकारीले सो काउन्टरको उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धनका लागि काउन्टर उपयोगी हुने विश्वास व्यक्त गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिएजस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशःखोल्दै जाने लक्ष्य राखिएको निगमले जनाएको छ ।
नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरिएको जनाएको छ ।
नेपाली कच्चापदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो, विमानका नमूनाजस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया