मान्ममा कालिज फार्म सञ्चालन
कालीकोट - नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म सञ्चालनमा आएको छ । नरहरिनाथ गाउँपालिका-३ माडेगाउँका युवाले व्यक्तिगत लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् । दैनिकजसो युवा विदेशिनेक्रम बढे पनि नरहरिनाथ गाउँपालिकाका युवाले सामूहिकरूपमा कालिज फार्म सञ्चालन गरेका छन् । युवाको व्यक्तिगत सात लाखको लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् ।
सात जना युवाको सामूहिक लगानीमा कालिज फार्म सञ्चालन गरेका छन् । रोजगारीका लागि देश भारत र अन्य खाडी मुलुकमा जाने भएकाले उनीहरुलाई रोक्न र आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि कालिज फार्म सञ्चालनमा ल्याएको मालिका वाइल्ड लाइफ एग्रो फार्मका सञ्चालक धर्मप्रसाद उपाध्यायले बताए । ‘हामीले थोरै लगानीबाट सुरु गरेका हौँ तर उत्पादनअनुसारको बजार नहुँदा समस्या भएको छ,’ उनले भने ।
नरहरिनाथ गाउँपालिकामा फार्म भए पनि उत्पादन गरेअनुसारका कालिज बिक्रीका लागि बजारको समस्या भएको सञ्चालक उपाध्यायले बताए । ‘कालिजको मूल्य बढी छ, किनेर खानसक्ने आयस्रोत ग्रामीण भेगका नागरिकको छैन,’ उनले भने, ‘त्यसैले उत्पादन गरेअनुसारको बजार नभएर खर्च बढेको छ ।’
अहिले मालिका वाइल्ड लाइफ एग्रो फार्ममा १ सय २० भन्दाबढी कालिज फार्ममा रहेका छन् । फार्ममा रहेका कालिजको प्रजनन समय सुरु भएकाले व्यवस्थापनका लागि समस्या भएको उपाध्यायको भनाइ छ । ‘अरु कुखुराजस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन,’ उनले भने, ‘उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेरबार मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाइएको छ ।’
सुर्खेतबाट पहिलो पटक प्रतिगोटा एक हजार मूल्यमा कालिजको चल्ला किनेको उपाध्यायले सुनाए । अहिले स्थानीय बजारमा एउटा कालिजको तीन हजार रुपैयाँ मूल्य पर्ने उपाध्यायले बताए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया