परपुरुषसँग मिलेर श्रीमानको हत्या

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका-३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो ।
लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई पक्राउ गरेको छ । अभियुक्त दुवै लामो समयदेखि अनैतिक सम्बन्धमा थिए ।
उनीहरूले ढुंगा प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूको सम्बन्धलाई लिएर दम्पतीबीच पटक-पटक विवाद हुँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत फेरि दिएका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसरी भयो हत्या
मृतक लामाको घर र ससुराली एउटै गाउँमा रहेको छ । हत्या अभियोगमा पक्राउ परेका कान्छा लाल लामासमेत सोही गाउँका बासिन्दा हुन् । मृतक लामाको ससुराली घरमा मंसिर २० गते साँझ खाना खाएर फर्किने क्रममा ससुराली घरबाट करिब एक सय मिटर पर हत्या भएको थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालालाई बोलाएको भए पनि डरले साला केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गएका थिए ।
घरमा भिनाजु नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फुटेको अवस्थामा भेटेपछि खोजी सुरु भएको थियो । बाटोभन्दा केही तल अर्धनङ्न पारी खोल्सामा घोप्टो फालेको अवस्थामा उनको शव फेला परेको थियो ।
तत्काल प्रहरी चौकी तेम्बाथाङ कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राती नै पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको छ ।
पक्राउ परेका कान्छा लाल तामाङ पनि विवाहित हुन् भने अभियुक्त निमा साङलो तामाङ र छेवाङ लामाका दुई छोरा र एक छोरी छन् । बाबुको मृत्यु र आमा प्रहरी नियन्त्रणमा रहेकाले बालबच्चाको बिचल्ली रहेको आफन्तजन बत्ताउँछन् । मृतक लामामाथि पनि ६ वर्ष अघिको ज्यान मार्ने अभियोग थियो । केही समयअघि विदेशबाट आएर सिधै अदालत पुगी पाँच हजार धरौटी तिरेर उनी छुटेका थिए । -न्युज कारखाना

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया