नयाँ भूमिकामा नायक बन्ने प्रयत्नमा पिटर चेक

काठमाडौँ : पिटर चेक खासै टेलिभिजन हेर्दैनन् । उनका लागि सोफामा बसेर टेलिभिजन हेर्नु समय बर्बाद गर्नु हो । टिभीकालागि समय नभए पनि उनी श्रीमतीसँग नेटफ्लिक्समा ‘दि क्राउन’ नाम गरेको ‘मेलोड्रामा’ हेरिरहेका छन् । बाँकी समय त उनी आफ्नो काममै व्यस्त हुन्छन् ।
बेलायती महारानी एलिजाबेद दोस्रो र बेलायती इतिहासका बारेमा बनाइएको यो सिरिज हेरिरहँदा चेक बेलाबेलामा गुगल पनि गर्छन् । ‘धेरै पात्रका बारेमा थाहा नहुँदा गुगल नै गर्नुपर्छ । मलाई त्यसै पनि बेलायती इतिहासका बारेमा धेरै थाहा छैन,’ चेक भन्छन् । त्यसो त चेक धेरै व्यस्त छन् । चेल्सीसँगको जागिर बाहेक उनी विद्यार्थीको भूमिकामा पनि छन् । उनी एमबीए गर्दैछन् । अनि उनलाई ड्रम बजाउने सोख पनि त पुरा गर्नुछ । उनी ड्रम कस्तो बजाउँछन् ? त्यसका लागि, च्यारिटीका लागि गत वर्ष रिलिज गरिएको उनको गीत सुन्नुपर्ने हुन्छ ।
३८ वर्षीय विद्यार्थी चेक पाँच भाषामा लेखपढ गर्न सक्छन् । आफ्नो मातृभाषा चेक बाहेक, पूर्व चेल्सी गोलरक्षक अंग्रेजी, जर्मन, स्पेनिस र फ्रेन्च भाषामा दख्खल राख्छन् । चेकलाई यी भाषा बाहेक, इटालियन र पोर्चुगिजमा पनि लेखपढ गर्न जान्ने हुनु छ । लेखपढ बाहेक उनको व्यवसायिक जिम्मेवारी पनि त छ । त्यो पनि एक होइन, दुई ।
सक्रिय खेल जीवनबाट चेकले सन् २०१९ मा विदा लिए । फ्रेन्च क्लब रेन्समा रहँदा नाम बनाएका चेकले लामो समय चेल्सीमा बिताए । करियरको अन्त्य भने चेकले चेल्सीको सहरी प्रतिद्वन्द्वी आर्सनलबाट गरे । खेल जीवन अन्त्य गरेपछिका केही महिना चेकले जिममा बिताए । सक्रिय खेलाडी रहेका बेला बोकेका चोटहरूबाट शरिरलाई पुर्नजागृत गराउनु थियो । त्यसबीचमा, आफ्नो समयका कहलिएका खेलाडी रहेका चेकलाई जागिरको प्रस्ताब आउन थाल्यो । त्यसमा उनले रोजे, पूर्व क्लब चेल्सी । जहाँ उनले प्राविधिक निर्देशकको जिम्मेवारी सम्हाल्नु थियो ।
चेल्सी फर्किएर नयाँ भूमिका निभाउन थालेको एक वर्ष नबित्दै कोभिड–१९ (कोरोना भाइरस) को रन्कोले इंगल्यान्डलाई छोयो । फुटबल ठप्प हुँदा उनी अत्तालिए । ‘जसोतसो सिजनका बाँकी रहेका खेल त सकिए । तर कति खेलाडी संक्रमणमा परे अनुमान नै गर्न नसकिने अवस्था बन्यो । सामान्यतया कोही खेलाडी घाइते हुँदा उसको ठाउँमा कमसेकम एकेडेमीकै युवालाई मौका दिन सकिन्थ्यो । कोरोना महामारीमा संक्रमणमा पर्ने खेलाडीहरूलाई कसरी प्रतिस्थापन गर्ने ? अचम्मको अवस्थाको सिर्जना भयो,’ चेकले भने । कतिसम्म भने चेल्सीमा गोलरक्षकको अभाव हुँदा चेकले नै खेल्नु पर्ने अवस्था आउने भयो । अन्ततः चेकलाई चेल्सीले यस सिजनको च्याम्पियन्स लिग खेल्ने टिममा राखियो ।
इंगल्यान्डदेखि जर्मनीसम्मै क्लबहरूमा प्राविधिक निर्देशक राखिन्छ । तर इंगल्यान्डमा चेक जस्ता पूर्व खेलाडीलाई प्राविधिक निर्देशक बनाउने चलन चाहिँ नयाँ हो । जर्मन, डच लगायतका लिगमा भने पूर्व खेलाडीलाई नै यो जिम्मेवारी दिइन्छ ।
तर चेल्सीमा चेकको प्राथमिक जिम्मेवारी भनेको प्राविधिक निर्देशक नै हो । प्राविधिक निर्देशकको पद युरोपियन फुटबलमा नयाँ होइन । इंगल्यान्डदेखि जर्मनीसम्मै क्लबहरूमा प्राविधिक निर्देशक राखिन्छ । तर इंगल्यान्डमा चेक जस्ता पूर्व खेलाडीलाई प्राविधिक निर्देशक बनाउने चलन चाहि नयाँ हो । जर्मन, डच लगायतका लिगमा भने पूर्व खेलाडीलाई नै यो जिम्मेवारी दिइन्छ । प्रिमियर लिगमा चेक बाहेक अर्का पूर्व खेलाडी पनि यस्तै जिम्मेवारीमा छन् । ती हुन्, इडु गास्पर जसलाई आर्सनलले प्राविधिक निर्देशक बनाएको छ ।
चेक, आफ्नो जिम्मेवारीमा रमाइरहेका छन् । किनभने यो सक्रिय खेलाडीको भूमिका भन्दा फरक छ । त्यसो त चेकले सन्यास पछि के गर्ने भन्ने बारेका नसोचेका होइनन् । झन् सन् २००६ मा त उनले सोच्नैपर्ने बाध्यता थियो । त्यसबखत टाउकोको चोट बोकेका चेकले तत्काले खेल जीवन सकिएको अनुमान गरे । तर त्यसपछिका १३ वर्ष उनी गोलरक्षकको भूमिकामा मैदानमा रहे । चेकले, प्रशिक्षक बन्न चाहाने अन्य खेलाडी जस्तै, करियरको उर्ताद्धमा आइपुग्दा प्रशिक्षण कोर्स सुरु गरे । कालान्तरमा उनको विचार परिवर्तन भयो । अनि फरक योजनामा लागे । नयाँ योजनामा लाग्नु अघि उनले आफैलाई प्रश्न गरे, प्रशिक्षक र खेलाडीको जीवनमा के फरक छ र ? निचोड आयो, खासै फरक छैन । त्यसपछि उनले प्रशिक्षक होइन, फुटबलमै अर्को भूमिका अगाल्ने निर्णय गरे ।
आधुनिक फुटबल प्राविधिक निर्देशकको भूमिका महत्वपूर्ण रहन्छ । चेक आफै पनि यो भूमिकामा रहेर फुटबललाई फरक कोणबाट हेर्न मद्धत पुग्ने मान्छन् । फुटबल खेल मात्र होइन, उद्योग पनि हो । एउटा भूमिकामा रहँदा, अर्को भुमिकाका लागि योग्य हुइन्छ भन्ने होइन । त्यसकारण, खेलाडी चेक फुटबल उद्योगमा नयाँ छन् । त्यसो त, चेक फुटबल उद्योगका बारेमा पुरै अनविज्ञ भने होइनन् । उनले १७ वर्षको उमेरका व्यवसायिक खेलाडीका रुपमा करियर सुरु गर्दा छनौट गरेको फुटबल एजेन्ट अहिले पनि उनको साथमै छन् । उनी आफ्नो एजेन्टसँग नजिक छन् । त्यसैले पनि फुटबल उद्योग कसरी चल्छ भन्ने कुरामा उनी धेरथोर जानकार छन् । चेक आफ्नो नयाँ जिम्मेवारीका लागि तयार छन् । त्यसको संकेत उनले काई हार्बट्सलाई अनुबन्धन गरेर दिइसके ।
फुटबल खेल मात्र होइन, उद्योग पनि हो । एउटा भूमिकामा रहँदा, अर्को भुमिकाका लागि योग्य भइन्छ भन्ने होइन । त्यसकारण, खेलाडी चेक फुटबल उद्योगमा नयाँ छन् । त्यसो त, चेक फुटबल उद्योगका बारेमा पुरै अनविज्ञ भने होइनन् ।
चेल्सीले यस सिजनका लागि बलियो टिम बनाउने भन्दै स्थापित खेलाडीहरूलाई क्लबमा ल्याउने रणनीति लियो । चेक आफै हार्बट्सलाई भेट्न जर्मनी पुगे । हार्बट्सलाई चेल्सीले कसरी प्रयोग गर्नेवाला छ भनेर चेकले जर्मन मिडफिल्डरको परिवारलाई योजना बुझाए । जर्मनीमै सम्पन्न बार्यन म्युनिख र चेल्सीबीचको च्याम्पियन्स लिग फाइनल हेर्न पुगेका हार्बट्स त्यस खेलका नायकलाई आफ्नो घरमा पाउँदा दङ्ग भए । आरबी लाइपजिगका फरर्वाड टिमो बारनरलाई चेल्सी ल्याउन पनि चेकले बलियो भूमिका खेले । लिभरपुलले पनि बारनरमाथि आँखा लगाइरहेको अवस्थामा चेल्सी कसरी बाजि मार्ने भन्ने योजना बनाउन तिर लाग्यो । योजनाको नायक बने, चेक । जसले आफ्नो जर्मन भाषा बोल्नसक्ने क्षमताको उपयोग गर्दै बारनारलाई सिधा फोन गरे । र, २४ वर्षीय फरर्वाडको चेल्सी आगमनको सुनश्चितता गरे ।
अन्त्यमा,
प्राविधिक निर्देशकको भूमिका क्लब र लिग अनुसार फरक फरक हुनसक्छ । चेक चेल्सीमा लाम्पार्ड नेतृत्वको सिनयिर टिम, एकेडेमी र नयाँ खेलाडी खरिद गर्ने जिम्मवारी भएको ‘रिकु्रटमेन्ट विभाग’ बीचमा रहेर काम गर्छन् । चेल्सीको सम्पूर्ण वित्तिय पक्ष मरिना ग्रानोभस्काइले हेर्छिन् । चेल्सीमा चेकको भूमिका यी चार पक्षको कुरा सुन्ने र आवश्यक कदम चाल्ने हो । अर्को वाक्यमा, चेकले चार फरक तारिकाले सोच्नुपर्छ । चेक आफ्नो नयाँ भूमिकामा कती सफल हुन्छन् भन्ने कुरा उनले चेल्सीका यी चार पक्षको मागलाई कसरी सम्बोधन गर्छन् भन्नेमा निर्भर रहनेछ । (न्यूयोर्क टाइम्सबाट)

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया