अपार्टमेन्टमा कौडा खेलिरहेका १६ जना १७ लाखसहित पक्राउ

काठमाडौँ - काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

प्रतिक्रिया