मंसीर २८ को संसद बैठकको कार्यसूची के हो ?

काठमाडौँ– सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसीर २८ गते अर्थात् आगामी साता मंगलबार संसद बैठक आह्वान गरेकी छिन् । संसद् सचिवालयले २८ गते २ बजे संसद् बैठक बस्ने सूचना पनि जारी गरेको छ ।
तर सरकारले संसदको उक्त बैठकमा के बिजनेस दिने भन्ने संसद्लाई जानकारी गराएको छैन । संसद सचिवालयले उक्त दिनको दैनिक कार्यसूची प्रकाशन गरेको छैन ।
डिसेम्बर १४ अर्थात् सोही दिन अमेरिकामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समिति बैठक बस्दैछ । त्यसकारण कतिपयले एमसीसीसँगको सम्झौता संसदमा पेस गर्नेगरी बैठक बोलाइएको भन्ने अनुमान गरेका छन् ।
सरकारले एमसीसी सम्झौताको प्रक्रिया अघि बढाउन संसद बैठक बोलाएको भनी अमेरिकालाई पत्राचार गर्ने तयारी गरेको छ । यसअघिको संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषय प्रवेश नपाई कात्तिक २५ मा संसद अधिवेशन हठात् अन्त्य भएपछि एमसीसी बोर्डले असन्तुष्टी व्यक्त गर्दै विज्ञप्ति जारी गरेको थियो ।
संसद बैठक आह्वान गरेर विजनेस नपठाएको अवस्थामा संसद आफैं सक्रिय भएर सरकारसँग विजनेस माग्नुपर्ने अवस्था रहेको संसदका एक वरिष्ठ कर्मचारीले बताए ।
अमेरिकाबाट एमसीसी सम्झौताका विषयमा छिट्टो निर्णय लिन पछिल्लो दुई महिनामा एमसीसीकी उपाध्यक्ष फातेमा जेड सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक भ्रमण गरी एमसीसीसँगको सम्झौता अनुसार अनुदान सहयोग लिने या नलिनेबारे चाँडै निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र सबै दलका शीर्ष नेताहरूसँग आग्रह गरेका थिए ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया