आगलागी पीडितलाई ललितपुर महानगरको सहयोग
काठमाडौँ- ललितपुर महानगरपालिकाले आगलागि पिडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गत कात्तिक १९ गते म्ह: पुजाको दिन चक्रबहीलमा आगलागी भई मृत्यु भएका लक्ष्मीकृष्ण ताम्राकारको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।
मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि नागरिकको पीडाको साझेदार बन्न महानगरले पीडित परिवारलाई सहयोग गरेको जनाएको छ । त्यसै गरी आगलागीमा परेर घाइते भएका सबैको उपचार खर्च महानगरले उठाउनुका साथै घरपुनर्निमाणमा लाग्ने राजश्वसमेत छुट दिने निर्णय गरेको छ ।
घटनामा ६७ वर्षीय राधाकृष्ण ताम्राकार, ३५ वर्षीय छोरी अन्जना, ३५ वर्षीय बुहारी रचना र १० वर्षीय नातीको निधन भएको थियो । यस्तै आगलागीबाट बच्नका लागि भाग्ने क्रममा ३२ वर्षीय सिर्जना घाइते भएकी थिइन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

प्रतिक्रिया