भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा ११ शव फेला
काठमाडौँ - भारतीय सैनिक उच्चअधिकारीहरू सवार एमआइ -१७ हेलिकोप्टर दुर्घटनामा परेकाे छ । चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १४ जना सैनिक अधिकारी सवार हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै जंगलमा बुधबार दुर्घटनामा परेकाे भारतीय सञ्चारमाध्यम एएनआइले जनाएको छ ।
इन्डियन एयर फोर्सले पनि रावतसहित सवार हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरेको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई अस्पताल लगिएको जनाइएको छ । घना जंगलमा भएको दुर्घटनामा सवार १४ मध्ये ११ जनाको शव भेटिएको छ । भेटिएका शव जलेर क्षतविक्षत भएको भारतीय सञ्चारमाध्यामले जनाएको छ ।
हेलिकप्टरमा चिफ अफ डिफेन्स विपीन रावत र उनकी श्रीमती मधुलिकासमेत गरि १४ जना थिए । भेटिएका शव मध्ये ८५ प्रतिशत भाग जलेको हालतमा देखिएकाे छन् ।

अमेजनका संस्थापक बेजोसको हुँदैछ भव्य विवाह, एक पाहुनाका लागि ७५ लाख खर्च
रुसी आक्रमणमा १२ युक्रेनीको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोप…
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_wBCdP50Uv4_p7ovzsmlyxe93nzes5oml3pcxwrdn9uqxdq2mdr6wn1dgxkntbuzviqzgnwy.jpg)
चीनमा बाढीले मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

प्रतिक्रिया