आयल निगमको नाफा १२.८७ अर्ब, सरकारलाई ६६ अर्ब राजस्व बुझायो

काठमाडौं : नेपाल आयल निगमले गत आर्थिक वर्षमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ । कोभिड–१९ ले पेट्रोलियम पदार्थको खपत केही कम हुने अनुमान गरिए पनि निगमले चार वर्ष यताकै उच्च नाफा कमाएको हो । निगमले सार्वजनिक गरेको अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार, मोतिहारी–अमलेखगन्ज पेट्रोलयम पाइपलाईनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै सञ्चित नाफाको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो ।
पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १० महिनाको अवधिमा १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैंकको व्याजबाट मात्र १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार, व्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिदै आएको अनुदान घटेका कारण उक्त नाफा आर्जन गर्न सम्भव भएको हो । समग्रमा २०७६/७७ मा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
अन्तराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घटेको र निगमले स्वचालित मुल्य प्रणाली लागू गर्दै गएपछि निगमले नाफा कमाउँदै आएको छ । निगमले पेट्रोलियम आपूर्तिकर्ता इन्डियन आयल कर्पाेरेशन (आइओसी) ले पठाएको मुल्य अनुसार अंग्रेजी क्यालेण्डर अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।
भण्डारण क्षमता वृद्धिदेखि दोश्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न वाणिज्य बैंकमा राखेको थियो । निगमका अनुसार, नाफा रकम पुर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाइने योजना छ । निगमले पहिलो पटक नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पारेको हो ।
आर्थिक वर्ष २०७५/७५ मा २९ करोड रहेको चुक्ता पुँजी वृद्धि गरी निगमले ११ अर्ब रुपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेकोमा २०७६/७७ मा नाफा रकमबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने बताइएको छ । अर्थन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय विमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ ।
निगमका सरकारको ९९ प्रतिशत सरकारको शेयर रहेको छ । गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बझुाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।
निगमले पछिल्लो पाँच वर्षमा औसत १ अर्ब रुपैयाँ सडक मर्मत कर तिरिरहेको छ । त्यस्तै, गत आर्थिक वर्षमा प्रदुषण करबापत् २ अर्ब ९४ करोड र पूर्वाधार विकास कर अन्तगर्तत १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ ।
आर्थिक वर्ष नाफा रकम रुपैयाँमा
२०७६/७७– १२ अर्ब ८७ करोड
२०७५/७६– ८ अर्ब ७५ करोड
२०७४/७५– ३ अर्ब ५८ करोड
२०७३/७४– ९ अर्ब ४५ करोड
२०७२/७३– १९ अर्ब ३६ करोड
स्रोत : नेपाल आयल निगम

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया