त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी

सिन्धुपाल्चोक - सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको छ । सुनको जलप प्रयोग गरिएको जिल्लाकै पुरानो र ऐतिहासिक मूर्ति चोरी भएको हो ।
सयौं वर्ष पुरानो भगवतीको मूर्ति र कलशका साथै विष्णुको दुईवटा मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए। पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरको गजुर राख्ने काम भइरहेको छ । भुकम्पपछि अस्थायी टहरोमा मूर्ति राखी पूजा गरिँदै आएको थियो । मंगलबार राति अपरिचित युवकहरू मोटरसाइकलमा आएको स्थानीयहरूले देखेको बताएका छन् ।
स्थानीयहरूले मन्दिरको ढोका खुला देखेको र भित्र हेर्दा मूर्ति कलश नरहेको पाएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । यसअघि ०२५ र ०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया