२४५५ अंकमा झर्यो सेयर बजार

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार गिरावट आएको छ । निरन्तर ओरालो लागेको बजार मंसिर महिना २२ सम्म आइपुग्दा जम्मा ५ दिनको कारोबार परिसूचक उकालो लागेको छ । नेप्सेमा गत मंसिर १ गते १६ अंक, ६ गते ११ अंक, ८ गते १ अंक, १५ गते ५ अंक तथा २० गते ३२ अंकले बढेको सेयर बजारमा अन्यदिनको कारोबारको परिसूचकको यात्रा भने ओरालो तर्फनै लागेको देखिन्छ । महिनाको अन्त्यतिर आइपुग्दा सम्म सेयर बजारमा जम्मा ६७ अंकले बढेको देखिन्छ ।
बुधबार सेयर बजार परिसूचक ५३.१० अंक अर्थात २.१२ प्रतिशतले घटेको छ । बुधबार बजार बन्द हुँदा परिसूचक २४५५.८० अंकमा झरेको छ। नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ९.३४ अंक अर्थात् १.९७ प्रतिशतले घटेको छ । आजको कारोबारमा २ सय २६ कम्पनीका सेयर ४२ हजार ९ सय ४६ पटक कारोबार भएको छ ।
आज २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार हुँदा ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर कारोबार भएको छ। बुधबारको कारोबारमा ७ कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १ सय ८१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बुधबारको कारोबारमा बैंकिङ, व्यापार लगायतका १३ वटै परिसूचक रातो देखिएका छन् ।

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

प्रतिक्रिया