पर्यटकीय गन्तव्य बन्दै ताप्ली पोखरी

गाईघाट - उदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । उनी बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् । कोरोना सङ्क्रमण न्यून हुँदै गएपछि मङ्सिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अहिले दैनिक सयौंको सङ्ख्यामा पर्यटक ताप्ली पोखरी र पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न आउने गरेका ताप्ली–५ का विषुबहादुर तामाङ बताउँछन् ।
रौता पोखरी क्षेत्रपछिको दोस्रो महत्वपूर्ण धार्मिक पोखरी क्षेत्र तथा रमणीय पर्यटकीयस्थलको रुपमा रहेको ताप्ली पोखरीमा हिजोआज पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न र रमणीयस्थल हेर्न तथा बनभोज खान आन्तरिक पर्यटक आउने गरेका ताप्लीका कृष्ण परियाले बताए ।
ताप्ली पोखरीको ऐतिहासिक तथा धार्मिक महत्व छ । ताप्ली क्षेत्रको पोखरी क्षेत्रमा धेरै वर्ष अघि जङ्गल थियो । पहिला त्यहाँ सानो पोखरी थियो । पञ्चकन्यादेवीको मन्दिर पनि पोखरीको भित्तामा छ । ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाका अनुुसार उक्त क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ ३०० मिटर तथा चौडाई सत्तरी मिटर छ ।
ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजाआराधाना गरे चिताएको पुग्ने जनविश्वास छ । यहाँ हिउँदमा बढी भक्तजन आउने गरेका छन् । गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेको छ । ताप्ली गाउँपालिकाकी उपाध्यक्ष कमला राई रमणीय स्थलको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक बढीजसो आउने गरेका बताउँछन् ।
ताप्ली क्षेत्रबाट दूधकोशी, सुनकोशी, पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङगा, सिन्धुलीसहित तराईका सिरहा, धनुषालगायतको अवलोकन गर्न सकिन्छ । उत्तरी क्षेत्रका मनोरम हिमशृङ्खलाको समेत दृश्यावलोकन गर्न सकिन्छ । सो क्षेत्रमा चाँडै बिजुली बाल्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ । “गूरुयोजना बनाएर यस क्षेत्रको विकास गर्ने योजना छ”, अध्यक्ष थापाले बताए । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया