मुक्तिनाथ फाउन्डेशन शुभारम्भ

काठमाडौँ - सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई सहयोग गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ भएको छ । यसले समाजका रहेका आर्थिक स्थितिमा पछि परेका व्यक्तिहरूको जीवन विकासमा सहयोग गर्ने उद्देश्य राखि शुभारम्भ भएको हो । मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।
एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेको थियो । सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणा सहित स्वागत मन्तव्य राखेका थिए ।
यो संस्था गैरराजनीतिक, निश्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिनेमा उनले जोड दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार भरत प्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
फाउण्डेशनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । यस फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य प्राथमिकता दिने र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देश व्यापी क्रमशः विस्तार गर्ने र रणनीति लिएको छ । यो संस्थाले आफूलाई एक पवित्र सामाजिक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

प्रतिक्रिया