यसकारण आफ्नै क्षेत्रमा हारे कांग्रेस नेता अमरेश सिंह

सर्लाही- नेपाली कांग्रेसका सांसद नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १४औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही-४ मा पराजित भएका हुन् ।
सर्लाही-४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए ।
यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भए । का छन् ।
उनी प्यानलसहित पराजित भएका हुन् । मन्त्री सिंहको प्यानलबाट सुरेन्द्रप्रसाद सिंह ५ सय १६, वीरेन्द्रप्रसाद सिंह ५ सय १४, राजेश्वरप्रसाद सिंह ५ सय १४, रघुवीर कार्की ५ सय १३ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन् ।
क्षेत्रीय सभापतिमा रामआश्रय साह विजयी भएका छन् । साहले ५ सय १६ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २ सय २० मत ल्याएका छन् ।
किन हारे सिंह ?
सर्लाही-४ मा क्रियाशील सदस्यता वितरणमा मन्त्री वीरेन्द्रप्रसाद सिंह र सांसद अमरेशकुमार सिंहबीचको टकराव थियो । कांग्रेसलाई नै भोट दिएकालाई क्रियाशील सदस्यता दिँदा अमरेशले विनाकारण लफडा गरेको आरोप मन्त्री सिंहले लगाउँदै आएका थिए । त्यसैले वडा अधिवेशन पनि निर्धारित समयमा भएन । क्षेत्रीय अधिवेशन पनि ढिलाे गरी भइएको छ ।
१३औँ महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकुल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय संसादमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे । उनलाई निर्वाचित गराएपछि विकास निर्माणका काम अगाडि बढ्ने कांग्रेस मतदाताको अपेक्षा थियाे । किनकि उनी कांग्रेसमा प्रभाव पार्नसक्ने नेता थिए ।
तर, सांसद बनेपछि उनले मतदाता मात्र हाेइन स्थानीय नेता-कार्यकर्तासँग दूरी बढाए । सर्लाही-४ का नेता श्याम कार्की आफ्नै दम्भका कारण सिंह पराजित भएको बताउँछन् । 'उहाँले कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसीमा योजना ल्याउनु भयो । ती योजना नाममा मात्र सम्पन्न भए,' कार्कीले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया