बागमतीका ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लियपनाको समस्या
काठमाडौँ - बागमती प्रदेशको खेतीयोग्य जमिनको ६० प्रतिशत माटोमा अम्लियपनाको समस्या देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले गरेको परीक्षणका क्रममा अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको हो ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन सक्ने प्रयोगशालाका उपसचिव डा. जनार्दन खड्काले बताए ।
उनले कृषि चूनको मात्रा यकिन गरेर अम्लियपनाको समस्या समाधान गर्न सकिने बताए । त्यस्तै माटोमा ३ देखि ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्नेमा १ प्रतिशत मात्रै देखिएकाले पनि समस्या भएको उनको भनाई छ । उनले व्यवसायिक कृषि गर्ने किसानले समय समयमा माटो परीक्षण गराउनुपर्ने सुझाव दिए ।
उत्पादन बढी लिन र प्रयोग गर्न पनि सजिलो हुने भएकाले किसानले रासायनिक मलको प्रयोग अत्यधिक गर्ने गरेका छन् । जसले गर्दा माटोको ऊर्वरशक्तिमा ह्रास भई उत्पादनमा कमी आउँदै गएको प्रयोगशालाको भनाई छ ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया