विनोद केसीको ‘अदृश्यभित्रको लजावती’ भिडियोमा

काठमाडौँ- लामो समयदेखि विभिन्न हास्य टेलिफिल्म, टेलीफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन् ।
उनै विनोदका शब्द रचनामा ‘अदृश्यभित्रको लजावती’ बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत छ । प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन् ।
कथानक म्युजिक भिडियोको कथा र निर्दशन पनि विनोदले नै गरेका हुन् । केसीले आप्mनो यो पछिल्लो म्युुजिक भिडियो राजधानीको वसन्तपर दरबार, रानीपोखरी, धरहराजस्ता पररातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायाँकन गरेका छन् । म्युजिक भिडियोमा किरण चौसिरको छायाकन तथा राज कुमार मगरको सम्पादन रहेको छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया