मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

कर्णालीका गाउँ गाउँमा महिलासँग अन्तरक्रिया गर्दै संसदीय समिति

कर्णाली प्रदेशसभाका उपसभामुख र संसदीय समितिसँग आफ्नो प्रश्न राख्दै महिलाहरु । फोटो : दिनेश गौतम

सुर्खेत - कर्णाली प्रदेशसभामा रहेका संसदीय समितिहरूले संसदीय खुलापन बढाउँदै गएका छन्। मिनी संसद्को रूपमा समेत चिनिने संसदीय समितिहरूले कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्न गाउँघरमै गएर नागरिकहरूसँग संवाद गरिरहेका हुन् । 

प्रदेशसभाका समितिहरू विभिन्न समयमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थानीय गाउँघरमै पुगेर नागरिकहरूको गुनासो सुन्ने गरेका छन् भने समितिहरूले स्थानीयहरूसँग गरेको प्रतिबद्धता अनुसार निर्णय गर्ने गरेका छन्। 

सोमबार कर्णाली प्रदेशसभा सचिवालय र प्रदेशसभाको सामाजिक विकास समितिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सुर्खेतको पश्चिम चौकुने गाउँपालिकाको वडा नम्बर ८ स्थित गुटुमा नागरिकसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विश्वभरी १६ दिन अभियानको क्रममा विभिन्न कार्यक्रम भइरहँदा प्रदेश सभा समितिले भने गाँउमै पुगेर कानुन निर्माणमा नागरिक सहभागिता विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो। 

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्ट, सामाजिक विकास समितिका अध्यक्ष देवी वली, सामाजिक विकास समिति सदस्यहरू कृष्णा शाह र रातो कामीको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तर्क्रिया कार्यक्रममा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा अधिवक्ता गीता कोइरालाले घरेलु हिंसाको स्वरुप तथा यसको कानुनी उपचारको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । 

अन्तर्क्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा उपसभामुख पुष्पा घर्ती विष्टले घरेलु हिंसाबाट पीडित महिलाहरूको  पक्षमा वकालत गर्न आफूहरू सधैँ तयार रहेको बताइन् । 

‘विभिन्न प्रकारका हिंसा भोगेको कारण महिला दिदि बहिनीहरू अगाडी बढ्न सक्नुभएको छैन, यस यसलाई चिर्न आवश्यक छ। सबै प्रकारका घरेलु हिंसाको अन्त्य घरबाट सुरु गर्नुपर्छ र घरेलु हिंसा रहित समाजको निर्माण गर्नुपर्छुु ,उनले भनिन् । उनले आफू प्रदेशसभा सदस्य एवं उपसभामुखको रूपमा घरेलु हिंसाको अन्त्यको लागि प्रतिबद्ध रहेको र यसको घरेलु हिंसा न्यूनीकरणको लागि पहल गर्ने समेत बताइन् । 

त्यस्तै सामाजिक विकास समितिका अध्यक्ष देवी वलीले शिक्षाले घरेलु हिंसा अन्त्य गर्न महत्त्वपूर्ण योगदान दिने बताइन् । आफु पनि शुरुमा शिक्षाको पहुँचबाट टाढा रहेको र पछि बिस्तारै महिला सशक्तीकरणको लागि शिक्षाको महत्त्व बुझेपछि औपचारिक शिक्षा लिँदै कानुन विषय समेत अध्ययन गरेको बताइन् । 

उनले सामाजिक विकास समितिले कर्णाली प्रदेशमा हुने घरेलु हिंसा अन्त्यका लागि कानुन निर्माणमा सक्रियता बढाउने र आवश्यक परेको खण्डमा प्रदेश सरकारलाई निर्देशन समेत दिने बताइन् । 

प्रदेशसभा सदस्य रातो कामीले समाजको चेतना परिवर्तन गर्न सकेमा घरबाटै घरेलु हिंसाको अन्त्य गर्न सकिने जिकिर गरे । अर्को प्रदेशसभा सदस्य कृष्णा शाहले घरेलु हिंसाको अन्त्यको लागि महिला मात्र नभएर समाजका सवै सदस्य एक हुनुपर्ने कुरामा जोड दिएकी थिइन् । 

अन्तर्क्रियामा स्थानीय महिला तथा किशोरीहरुले आफूले भोगिरहेको हिंसा र त्यसले आफूलाई पारेको मनोवैज्ञानिक प्रभावको विषयमा प्रदेशसभा सदस्यहरूसँग कुरा राखेका थिए। बहुविवाह देखि मदिरा सेवन लगायतले आफूहरूले धेरै नै हिंसा भोग्न बाध्य भएको उनीहरूको गुनासो थियो ।

स्थानीय जनप्रतिनिधिहरु समेत घरेलु हिंसाको साक्षी बन्ने गरेको र हिंसा न्यूनीकरणमा उल्लेखनीय प्रयास गर्न नसकेको उनीहरूको भनाई थियो । 


 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक