राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं - राष्ट्रिय सभा सदस्यमा रिक्त १९ सदस्यको चुनाव पुस १७ बाट प्रक्रिया शुरु हुने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्यका निम्ति आउँदो माघ १२ गते निर्वाचन हुँदैछ ।
आयोगका अनुसार, आउँदो पुस १७ बाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । उक्त दिन मतदाता नामावली प्रकाशन हुनेछ । पुस २० मनोनयन पत्र दर्ता हुनेछ र माघ १२ मा चुनाव हुनेछ । राष्ट्रिय सभा सदस्यका निम्ति प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहनेछन् । तिनको मतभार भने फरक–फरक हुनेछ ।
नयाँ संविधानसपछि राष्ट्रिय सभामा निर्वाचित एक तिहाई सांसदहरुको आउँदो फागुन २० मा चार वर्षे पदावधि पूरा हुँदैछ । गोला प्रथाका आधारमा दुई, चार र छ वर्षे पदावधि कायम भएको हो । जसमा एक जना मनोनित सदस्य रामनारायण बिडारीको पदावधि समाप्त हुँदैछ । निर्वाचित र मनोनित गरी २० सदस्यहरुको पदावधि सकिँदैछ । राष्ट्रिय सभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनबीच राजनीतिक संयन्त्र निर्माण भइसकेको छ ।
चार वर्षे कार्यकाल पूरा गरी फागुन २० मा पदावधि समाप्त हुँदै गरेका सांसदहरु:

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया