चाक्सीबारीमा साझा उम्मेदवार टुङ्याउन छलफल सुरू

काठमाडौँ- सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको छ । केही समयअघि मात्र इतर समूहका केन्द्रीय सदस्यहरूसहितको बैठक सुरु भएको हो ।
बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।
इतर समूहमा सभापतिका आकांक्षी धेरै छन् । पौडेल, सिंह, डा.शेखर र डा.शशांकले सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचार अभियान नै सुरु भएको छ ।
इतर समूहमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिल्दा फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने भन्दै इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । सोहीअनुसार मंगलबार दिउँसो इतर पक्षको बैठक प्रकाशमान निवासमा बसेको हो ।
अहिले सभापतिसहित पदाधिकारीको टिम कसरी बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया