मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

काठमाडौँ- काठमाडौँमा मोटरसाइकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गएराति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उनले भने, ‘बेलुका बबहमहलबाट चोरेको मोटरसाइकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौँ । यो ७ जना भनेको चाँही काठमाडौँको ठूलै गिरोह हो । बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’
त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

प्रतिक्रिया