वर्सेनि १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

न्युाेर्क - अमेरिकाले उत्पादन हुने खानेकुराकाे एक तिहाई खानेकुरा फाल्ने गरेकाे छ । अमेरिकाकाे वातावरण संरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै साे जानाकारी दिएकाे हाे । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फाेहर अाधा कटाैती गर्ने प्रतिबद्धता जनाएकाे थियाे ।
खाद्यन्न हिनामिना गर्दा लाखाैं डलर नाेक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलाे परिणााममा खाद्यन्न फाेहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अाएका छन् ।
'सन् २०१५ मा पेरिस सम्झाैतामा उल्लेख भएबमाेजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अावश्यक छ', प्रतिवेदनमा भनिएकाे छ ।
'जिवास्मबाट निस्काशन हुने इन्धन राेक्न सके पनि खाद्य फाेहर फाल्ने अहिलेकाे प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,' प्रतिवेदनमा भनिएकाे छ । अमेरिकामा वर्षेनी ७ कराेड ३० लाख देखि १५ कराेड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेकाे भन्दै याे खाद्यन्नले वर्षेनी १५ कराेड मानिसलाई खान पुग्ने इपीएचले जनाएकाे छ ।
सन् २०१५ मा अमेरिकाकाे कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुकाे सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अाधाले घटाउने घाेषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नकाे ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेकाे थियाे ।

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया