आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजाय

यांगुन - म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे ।
उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ अाराेप लगाइएकाे छ । सुकीले अाफूमाथि लगाइएका सबै अाराेप अस्वीकार गर्दै अाएकी छिन् ।
फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अाराेप लगाउँदै अाएकाे छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अाराेपमा मुद्दा लगाउँदै अाएकाे थियाे ।

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया