बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाको घोषणा

न्युयोर्क- अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा वृद्धि भएको आरोप लगाउँदै चीनले हिउँदे ओलम्पिकलाई बहिस्कारको घोषणा गरेको हो । तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने सरकारले जनाएको छ ।
चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।
एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।
चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए । बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया