आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल समूह
केन्द्रीय सदस्यहरूकै रायमा साझा उम्मेदवार छनौट गर्छौँ : पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न आज आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्दैछ । १४औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउने कसरतमा रहेका नेताहरूले आज आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् । उनीहरूको बैठक नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा दिउँसो १ बजे बस्दै छ ।
साझा र जित्ने उम्मेदवार छान्न आकांक्षीहरूबीच छलफल हुन लागेको नेता पौडेलले बताए । केन्द्रीय सदस्यहरूको राय लिएपछि साझा उम्मेदवार छनौट गर्ने उनको भनाइ छ। 'आज हामी साझा र जित्ने उम्मेद्वार छान्दै छौ । हिजो हामी आकाक्षीहरू छलफल गर्यौँ,' नेता पौडेलले इकागजसँग भने, 'आज केन्द्रीय सदस्यहरूसँग बस्दै छौँ । उहाहरूकै रायमा साझा उम्मेद्वार छनोट गर्छौ ।'
सभापितका आकांक्षी पौडेलसहित, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र केन्द्रीय सदस्य डा.शेखर कोइरालाबीच सोमबार पनि छलफल भएको थियो । पौडेल निवास बोहराटारमा भएको छलफलमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउन आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने सहमति भएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया