रुसले भारतलाई महाशक्ति, समयको परीक्षित मित्रको रूपमा बुझेको छ : राष्ट्रपति पुटिन

नयाँ दिल्ली- सोमबार २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय-परीक्षित मित्रको रूपमा बुझेको बताएका छन्
"हामीले भारतलाई एक महान् शक्ति, एक मित्र राष्ट्र र एक समय-परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको छ र म भविष्यलाई हेरिरहेको छु," पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा आफ्नो उद्घाटन टिप्पणीमा भनेका छन् ।
राष्ट्रपति पुटिनले टिप्पणी गरे "गत वर्ष भारत र रुसबीचको व्यापार १७ प्रतिशतले घटेको थियो तर २०२१ को पहिलो ९ महिनामा दुवै देशले ३८ प्रतिशतले व्यापार बढेको अनुभव गरेका छन् । सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो ।
रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका थिए ।
छलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेका थिए । "हामी पक्कै पनि आतङ्कवाद र यसको विरुद्धको लडाइसँग सम्बन्धित सबै कुरामा चिन्तित छौं । यसअघि दुई देशबीच पहिलो पटक २ +२ मन्त्रीस्तरीय वार्ता भएको थियो ।
दुई देशबीच २०२१-३१ का लागि सैन्य-प्राविधिक सहयोग व्यवस्था अन्तर्गत भारत-रसिया राइफल्स प्रालि मार्फत ६,०१,४२७ एसल्ट राइफल एके-२०३ खरिद गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । यसैबीच राष्ट्रपति पुटिनले दुवै देशले अन्तरराष्ट्रिय र सैन्य क्षेत्रमा सम्बन्ध विकास गर्न जारी राखेको पनि बताएका छन् । (एएनआई)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया